४१ परीक्षार्थीमध्ये उत्तीर्ण दुई जना प्रधानाध्यापकका आफन्त परेपछि पुनर्योग र पुनःपरीक्षाको माग

पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरे स्थित दुर्गा भवानी माध्यमिक विद्यालय देउरालीमा आधारभूत तह (कक्षा १–५) का लागि लिइएको अस्थायी करार शिक्षक छनोट परीक्षाको निष्पक्षतामाथि प्रश्न उठेको छ। परीक्षामा सहभागी ४१ जनामध्ये दुई जना मात्र उत्तीर्ण भएका थिए। उत्तीर्ण दुवै जना विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर खत्रीका नजिकका आफन्त रहेको परीक्षार्थीहरूले बताएका छन्।
प्रधानाध्यापककी सहोदर बहिनीसहित आफन्तहरू मात्र उत्तीर्ण भएपछि अनुत्तीर्ण परीक्षार्थीहरूले स्वार्थको द्वन्द्वको आशंका गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय पाल्पामा निवेदन दिँदै प्रथमपत्रको उत्तरपुस्तिका पुनर्योग, परीक्षा प्रक्रियाको छानबिन र आवश्यक परे पुनः परीक्षा सञ्चालन गर्न माग गरेका हुन्।
परीक्षार्थीहरूले परीक्षा सञ्चालनमा संलग्न विद्यालय व्यवस्थापन समिति, गाउँपालिकाको शिक्षा शाखा, विषय विशेषज्ञ तथा शिक्षा स्रोतविज्ञको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत समेत परीक्षाको निष्पक्ष छानबिनको माग गरिएको छ।
सम्बन्धित समाचार

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ नारासहित गल्याङमा भव्य शिक्षा दिवस समारोह सम्पन्न

बिपद मा रेडियोको भुमिका सुचना,समन्वय र जिवन रक्षा को बिपद संबाद सहित सामुदायिक रेडियो स्याङ्जा को १८औं बार्षिकोत्सब सम्पन्न ...

गल्याङमा सर्वपक्षीय दीप प्रज्वलन तथा शोकसभा हुने
