एमाले स्याङ्जाद्वारा ‘मिसन पार्टी जागरण’ अभियान शुभारम्भ.

श्रावण २३! नेकपा (एमाले) स्याङ्जा जिल्ला कमिटीले पार्टी केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज क. खगराज अधिकारीको प्रमुख आतिथ्यमा आठौँ जिल्ला कमिटी बैठक सम्पन्न गर्दै ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ गरेको छ।
पार्टी जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे को अध्यक्षतामा सम्पन्न कार्यक्रमले पार्टी संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउँदै जनतासँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले अभियान सुरु गरिएको हो। अभियानमार्फत संगठन विस्तार तथा सुदृढीकरण, जनविश्वास अभिवृद्धि, पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउने र जनताका समस्या तथा अपेक्षालाई नजिकबाट बुझ्ने लक्ष्य लिइएको छ।
जिल्ला कमिटी बैठकमा पार्टीको सांगठनिक अवस्था, आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको जनाइएको छ। नेतृत्व तथा कार्यकर्ताबीचको एकता, सक्रियता र सहकार्यलाई थप मजबुत बनाउँदै पार्टीलाई जनताको सुख–दुःखमा साथ दिने शक्तिका रूपमा स्थापित गर्नेमा जोड दिइएको छ।
‘मिसन पार्टी जागरण’ अभियानले पार्टी संगठनलाई थप ऊर्जाशील बनाउँदै जनतासँगको सम्बन्धलाई अझ आत्मीय र मजबुत बनाउने विश्वास जिल्ला कमिटीले व्यक्त गरेको छ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, पार्टीका नेता–कार्यकर्ता तथा सम्पूर्ण सहभागीहरूप्रति नेकपा (एमाले) स्याङ्जा जिल्ला कमिटीले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। साथै, अभियानलाई सफल बनाउन सबैको निरन्तर साथ, सहयोग र सक्रिय सहभागिताको अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ नारासहित गल्याङमा भव्य शिक्षा दिवस समारोह सम्पन्न

बिपद मा रेडियोको भुमिका सुचना,समन्वय र जिवन रक्षा को बिपद संबाद सहित सामुदायिक रेडियो स्याङ्जा को १८औं बार्षिकोत्सब सम्पन्न ...

गल्याङमा सर्वपक्षीय दीप प्रज्वलन तथा शोकसभा हुने
