सिद्धार्थ राजमार्गमा टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मंगलबार मिर्दीबाट भकुण्डेतर्फ जाँदै गरेको से १ क ११८० नम्बरको टेलरले सोही दिशातर्फ अघि बढिरहेको ग १८ प ६२१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक वालिङ नगरपालिका–६ आमडाली निवासी ५५ वर्षीय विनोद अर्याल गम्भीर घाइते भएका थिए। उनको हात, खुट्टा र छातीमा गम्भीर चोट लागेको थियो। तत्काल उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका लागि पुर्याइए पनि साँझ ६:२५ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको थियो। दुर्घटनापछि टेलर चालक बैतडीको मेलौली नगरपालिका–२ निवासी २४ वर्षीय निरज चन्दलाई नियन्त्रणमा लिइएको छ। टेलर र चालकलाई वडा प्रहरी कार्यालय वालिङमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको
सम्बन्धित समाचार

हरित अभियानमार्फत ६९ सदस्यलाई फलफूलका बिरुवा वितरण

स्याङ्जामा सामाजिक तथा धार्मिक सद्भाव र्याली सम्पन्न

लायन्स क्लब अफ गल्याङ सिटीद्वारा वृक्षारोपण, रजत पदक विजेता कराते खेलाडी ओमराज पौडेल सम्मानित
