सार्वजनिक सुनुवाइको विषयमा विवाद, वडा अध्यक्षमाथि पेट्रोलियम पदार्थ छ्यापेको आरोप...

स्याङ्जा, भदौ १६ । चापाकोट नगरपालिका–१ का वडा अध्यक्ष भुपराज वोस्तीमाथि सार्वजनिक सुनुवाइ नगरेको विषयलाई लिएर केही युवाले पेट्रोलियम पदार्थ छ्यापेको घटना भएको छ।
सार्वजनिक सुनुवाइको माग गर्दै आएका युवाले वडा अध्यक्षमाथि पेट्रोलियम पदार्थ छ्यापेको वडा अध्यक्ष वोस्तीको भनाइ छ। घटनाप्रति असन्तुष्टि जनाउँदै उनले सार्वजनिक सुनुवाइको विषयमा असहमति भए संवाद तथा कानुनी प्रक्रियाबाट समाधान खोजिनुपर्ने बताएका छन्।
वोस्तीका अनुसार सार्वजनिक सुनुवाइ गर्ने विषयमा स्थानीयस्तरमा छलफल र सहमति भए पनि वडा अध्यक्षले वडा बजेटको छुट्टै सार्वजनिक सुनुवाइ गर्नैपर्ने स्पष्ट कानुनी व्यवस्था आफूले नदेखेका हुन्। सार्वजनिक सुनुवाइ पारदर्शिता र जवाफदेहिताका लागि आवश्यक रहेको बताउँदै उनले वडाको बजेट तथा योजनाका विषयमा नागरिकले उठाएका प्रश्नको जवाफ दिन आफू तयार रहेको बताए।
उनले आफूले कानुनविपरीत काम गरेको भए सम्बन्धित निकायबाट छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने बताए। तर आरोपको आधारमा व्यक्तिगत रूपमा अपमान गर्ने वा पेट्रोलियम पदार्थ छ्याप्ने कार्य उचित नभएको उनको भनाइ छ।
घटनापछि इलाका प्रहरी कार्यालय चापाकोटले घटनाको प्रकृति तथा संलग्न व्यक्तिबारे आवश्यक अनुसन्धान अघि बढाउने जनाएको छ। प्रहरीले घटनासँग सम्बन्धित भिडियो, प्रत्यक्षदर्शीको बयान तथा सम्बन्धित पक्षबाट प्राप्त सूचनाका आधारमा अनुसन्धान गर्ने बताएको छ।
सम्बन्धित समाचार

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ नारासहित गल्याङमा भव्य शिक्षा दिवस समारोह सम्पन्न

बिपद मा रेडियोको भुमिका सुचना,समन्वय र जिवन रक्षा को बिपद संबाद सहित सामुदायिक रेडियो स्याङ्जा को १८औं बार्षिकोत्सब सम्पन्न ...

गल्याङमा सर्वपक्षीय दीप प्रज्वलन तथा शोकसभा हुने
