गल्याङ क्रिकेटको दोस्रो संस्करणमा चम्किए सुमन बस्याल, ‘उदीयमान खेलाडी’ उपाधि हात पार्दै भविष्यको संकेत.....

स्याङ्जा, गल्याङ — गल्याङ नगर क्रिकेट संघद्वारा आयोजित गल्याङ क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा युवा प्रतिभा सुमन बस्याल ‘उदीयमान खेलाडी (इमर्जिङ प्लेयर)’ घोषित भएका छन्। निरन्तर उत्कृष्ट प्रदर्शन, आत्मविश्वास र खेलप्रतिको समर्पणका कारण उनले यो प्रतिष्ठित उपाधि आफ्नो नाममा दर्ज गराएका हुन्।
गल्याङ नगरपालिका–३, बलपुक निवासी सुमन बस्याल बुवा सूर्यप्रसाद बस्याल र आमा प्रतिमा बस्यालका कान्छा सुपुत्र हुन्। हाल चिराग आवासीय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत उनी अध्ययन र खेलकुदलाई समानान्तर रूपमा अघि बढाउँदै एक अनुशासित विद्यार्थी–खेलाडीको पहिचान बनाइरहेका छन्।
सानै उमेरदेखि क्रिकेटप्रति गहिरो रुचि राख्दै आएका बस्याल अहिले अन्डर–१६ तहका एक उदाउँदो प्रतिभाका रूपमा चिनिँदै आएका छन्। जिल्ला स्तरबाट प्रतिनिधित्व गर्दै विभिन्न जिल्लामा आफ्नो कौशल प्रस्तुत गरिसकेका उनले गल्याङ क्षेत्रको क्रिकेट भविष्य उज्यालो बनाउने सम्भावना बोकेको खेलाडीका रूपमा आफूलाई स्थापित गर्दै लगेका छन्।
उनको यस उपलब्धिले गल्याङमा क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई थप उचाइ दिने विश्वास गरिएको छ भने स्थानीय युवा पुस्तालाई खेलकुदतर्फ प्रेरित गर्ने बलियो आधारसमेत बनेको छ।
सम्बन्धित समाचार

लायन्स क्लब अफ गल्याङ सिटीद्वारा वृक्षारोपण, रजत पदक विजेता कराते खेलाडी ओमराज पौडेल सम्मानित

गल्याङ को कराँते उत्पादन अन्तररास्ट्रीय मन्च मा प्रतिस्पर्दा गर्दै

बृहत् योग शिविर, स्वस्तिशान्ति पूजा तथा आध्यात्मिक अन्तरक्रिया कार्यक्रम सम्पन्न ‘आध्यात्मिक चापाकोट’ निर्माणको अभियानलाई थप बल
