खेलकुद

गंगालाल माविको खेल मैदानमा प्रथम चापाकोट क्रिकेट लिग टी–२० प्रतियोगिता हुने

प्रविण अधिकारीसमाचार रिपोर्टर
२४ बैशाख २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
गंगालाल माविको खेल मैदानमा प्रथम चापाकोट क्रिकेट लिग टी–२० प्रतियोगिता हुने

स्याङ्जा, चापाकोट — पछिल्लो समय खेलप्रेमीहरूबीच लोकप्रिय बन्दै गएको क्रिकेट खेलमार्फत खेलाडीहरूबीच आपसी मित्रता, भाइचारा तथा सम्बन्ध सुदृढ बनाउने उद्देश्यले चापाकोटमा प्रथम चापाकोट क्रिकेट लिग टी–२० प्रतियोगिता आयोजना हुने भएको छ।

चापाकोट नगर क्रिकेट संघको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता वैशाख २६ गतेदेखि जेठ २ गतेसम्म गंगालाल माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा नगरभित्रका ५ वटा समूहको सहभागिता रहनेछ भने खेल टी–२० राउण्ड रोविन ढाँचामा खेलाइने आयोजकले जनाएको छ।

प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा मुन लाइट ग्रुप रहनेछ भने चापाकोट नगरपालिका प्रमुख संरक्षकको भूमिकामा रहनेछन्।

चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेमनारायण रेग्मीका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद १ लाख १० हजार रुपैयाँ तथा द्वितीय हुने टोलीलाई ६० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ।

उद्घाटनदेखि समापनसम्म प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने गरी आयोजक अन्तिम तयारीमा पुगेको जनाएको छ।

प्रविण अधिकारीसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।