वैशाख २ मा समापन भनिएको वालिङ एक्स्पो अब वैशाख ५ गतेसम्म...

स्याङ्जा जिल्लाको प्रमुख केन्द्र मानिने वालिङस्थित खेलमैदानमा सञ्चालन भइरहेको फर्स्ट वालिङ एक्स्पो अब वैशाख ५ गतेसम्म जारी रहने भएको छ। दर्शकहरूको उत्साहजनक सहभागिता र बढ्दो मागलाई मध्यनजर गर्दै एक्स्पोको अवधि तीन दिन थप गरिएको आयोजकले जनाएको छ।
ओमकार इभेन्ट हबको आयोजनामा चैत २६ गतेदेखि सुरु भएको एक्स्पो यसअघि वैशाख २ गतेसम्म सञ्चालन गर्ने योजना थियो। तर, दर्शकको आकर्षण बढ्दै गएपछि कार्यक्रमको अवधि थप गरिएको हो।
आयोजक संस्थाका प्रबन्धक नवराज पौडेलका अनुसार थपिएको अवधिमा एक्स्पोलाई अझ प्रभावकारी, व्यवस्थित र आकर्षक बनाइनेछ। नयाँ वर्षलाई उत्सवका रूपमा मनाउने वातावरण सिर्जना गर्नुका साथै वालिङ आसपासका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।
उनले यस वर्ष नयाँ वर्ष मनाउन बाहिर जाने धेरैलाई वालिङमै रमाउने वातावरण बनेको दाबी पनि गरे।
एक्स्पोमा दैनिक चर्चित कलाकारहरूको विशेष प्रस्तुति तथा साँझ लाइभ कन्सर्ट हुँदै आएको छ। साथै मौलिक खानाका परिकार, हस्तकला प्रदर्शनी र बाल उद्यानले पनि दर्शकको ध्यान खिचिरहेको छ।
सम्बन्धित समाचार

कृषि प्रणालीको नमुना बन्दै फेदीखोला..सफ्टवेयर उद्घाटनसँगै प्रथम मौरी दिवस भव्य रूपमा सम्पन्न

गल्याङमा कृषि बजार केन्द्र सञ्चालन, कृषकमा उत्साह

स्याङ्जाको किसान बहुप्राविधिक शिक्षालय चापाकोटमा ३ दिने रोबर्ट निर्माण तालिम सम्पन्न
