गल्याङमा कृषि बजार केन्द्र सञ्चालन, कृषकमा उत्साह

स्याङ्जाको गल्याङ क्षेत्रमा स्थानीय कृषि उत्पादनको बजारीकरणलाई प्रभावकारी बनाउन कृषि बजार केन्द्र सञ्चालनमा आएको छ। गल्याङ नगरपालिका र हेफर नेपालको सहयोग तथा पकुवादी कृषि सहकारी संस्थाको आयोजनामा सञ्चालन गरिएको उक्त केन्द्रले कृषक र उपभोक्ता दुवैलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
कृषि बजार केन्द्र सञ्चालनसँगै स्थानीय कृषकहरूले आफ्ना उत्पादनको उचित मूल्य प्राप्त गर्ने, बिचौलियाको भूमिका न्यून हुने तथा उपभोक्ताले ताजा, गुणस्तरीय र स्थानीय उत्पादन सहज रूपमा खरिद गर्न सक्ने विश्वास लिइएको छ।
स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, कृषकको आम्दानी वृद्धि गर्ने र कृषि क्षेत्रलाई थप व्यावसायिक बनाउने उद्देश्यसहित सञ्चालनमा आएको यो केन्द्रले गल्याङ क्षेत्रको कृषि अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। सरोकारवालाहरूले कृषि बजार केन्द्रलाई स्थानीय कृषकहरूको आर्थिक सशक्तीकरण र दिगो कृषि विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन्।
सम्बन्धित समाचार

कृषि प्रणालीको नमुना बन्दै फेदीखोला..सफ्टवेयर उद्घाटनसँगै प्रथम मौरी दिवस भव्य रूपमा सम्पन्न

स्याङ्जाको किसान बहुप्राविधिक शिक्षालय चापाकोटमा ३ दिने रोबर्ट निर्माण तालिम सम्पन्न

वैशाख २ मा समापन भनिएको वालिङ एक्स्पो अब वैशाख ५ गतेसम्म...
