लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (LCIF) द्वारा १५ हजार अमेरिकी डलर राहत स्वीकृत...

स्याङ्जा ,असोज २८! स्याङ्जा जिल्ला स्थित गल्याङ -५ को सेतीबेनी क्षेत्रमा आएको भीषण बाढीका कारण प्रभावित भएका स्थानीय समुदायको राहत तथा पुनर्स्थापनाका लागि लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (LCIF) ले १५ हजार अमेरिकी डलर (करिब रु. २० लाख भन्दा बढी) बराबरको आकस्मिक आर्थिक सहयोग स्वीकृत गरेको छ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम (MD 325) नेपालका अनुसार, LCIF ले नयाँ इमर्जेन्सी ग्रान्ट (Emergency Grant – EMR29543-325M) अन्तर्गत उक्त राहत रकम उपलब्ध गराएको हो।
डिस्ट्रिक्ट गभर्नर लायन रत्न पराजुली (MJF) द्वारा जारी पत्रमा बाढीबाट प्रभावित परिवारहरूलाई खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराउन र प्रभावित क्षेत्रको पुनःस्थापना कार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन यो सहयोगले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
विपदको यस कठिन घडीमा प्राप्त मानवीय सहयोगका लागि LCIF परिवारप्रति आभार प्रकट गर्दै डिस्ट्रिक्ट नेतृत्वले राहत तथा उद्धार अभियानमा निरन्तर खटिने सम्पूर्ण लायन्स मेम्बरहरूलाई धन्यवाद व्यक्त गरेको छ ,साथै स्थानिय लायन्स क्लब हरु लाई राहत बितरण मा सहजिकरण गर्ने कार्य मा खटिन निर्देशन भए अनुसार लायन्स क्लब अफ गल्याङ सिटी का अध्यक्ष सुर्य प्रसाद भट्टराई ले क्लब का सम्पुर्ण लायन्स लिडर ,पास्ट पेसिडेन्ट हरु , क्लब का पदधिकारी लगायत सम्पुर्ण सदस्य हरु लाई मानबिय सेवा को यो पुन्य कर्म मा लाग्न निर्देशन गरेको कुरा लायन्स क्लब अफ गल्याङ सिटि २०२६/०२७ का सेक्रेटरी खयश्वर अधिकारी (गोपाल) ले जानाकारी दिनु भएको छ!
सम्बन्धित समाचार

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति...

एआई सुरक्षाका लागि सँगै काम गर्दै OpenAI, Anthropic र Google, के हुँदैछ छलफल ?

दक्षिण कोरियामा स्याङ्जाली एकताको नयाँ नेतृत्व : स्याङ्जा समाजको अध्यक्षमा गल्याङका माधव अर्याल
